खबर फटाफटदेश

छैन वित्तीय साक्षरता, गैरबैङ्किङ कारोबारको जोखिममा सर्वसाधारण

वित्तीय साक्षरताको अभावका कारण सर्वसाधारणहरू चर्को ब्याजदर र अनधिकृत गैर–बैङ्किङ कारोबारको समस्यामा पर्ने गरेको बताइएको छ। नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगञ्जले पत्रकारहरूका लागि आयोजना गरेको वित्तीय साक्षरता तालिममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

तालिममा पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्र बैंकका निर्देशक सुशील पौडेलले वित्तीय जानकारीको कमीका कारण व्यक्तिहरूमा उचित वित्तीय योजना बनाउने प्रवृत्ति कमजोर रहेको बताए।

उनका अनुसार आम नागरिकलाई बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने सेवा र आफ्ना अधिकारबारे पर्याप्त जानकारी छैन। वित्तीय साक्षरताले व्यक्तिगत आर्थिक योजना बनाउन र समृद्धितर्फ अग्रसर हुन सहयोग गर्ने उनले बताए।

बैंक तथा वित्तीय संस्थाबाट सेवा लिँदा कुनै गुनासो वा समस्या परेमा राष्ट्र बैंकले समाधानका लागि पहल गर्दै आएको जानकारी दिँदै उनले सेवाग्राहीहरू स्वयं सचेत र जानकार हुनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button