खेल संसार

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा इङ्गल्यान्डले राम्रो कमब्याक गरेको छ।

आइतबार दिनको सुरुवातमा नै भारतीय बलर हाबी भएका थिए। ४६ रनमा चार विकेट गुमाइ सकेको इङ्गल्यान्डका लागि कप्तान थोमस रेउ र एकांश सिंहले अर्धशतक प्रहार गरे। सोही अर्धशतकसँगै पहिलो दिनको खेल सकिँदा इङ्गल्यान्डले सात विकेटको क्षतिमा २२७ रन जोडेको छ।

इङ्गल्यान्डका दुई प्रारम्भिक ब्याटर बेन डकिन्स र एडम थोमसले अर्धशतक प्रहार गरे। मध्यक्रमका बेन मेयसले ३१ तथा रेउले ५९ रन प्रहार गरे। एकांश सिंहले ६६ रनमा अविजित छन्। मेयस र रेउले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सिंह र रेउले छैटौँ विकेटका लागि ९० रनको साझेदारी गरेपछि इङ्गल्यान्ड सम्हालिएको हो।

भारतका आदित्य राउत, आरएस अम्बरिस र नमन पुस्पकले दुईदुई विकेट लिएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button