खेल संसार

रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै हाबी देखिएको पिएसजीले पहिलो २४ मिनेटमा नै तीन गोलको अग्रता लिएको थियो । छैटौँ मिनेटमा फाबियन रुइजको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएको थियो। रियलका रक्षक राउल एसेन्सियाको गल्तीका कारण उनले पहिलो गोल गरेका थिए ।

त्यसको तीन मिनेटपछि नै फ्रान्सेली विङ्गर ओसुमाने डेम्बेलेले अर्को गोल गरे । अक्राफ हाकिमी र डेम्बेले मिलेर बनाएको मुभमा रुइजले तेस्रो गोल गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा गोन्जालो रामोसले पिएसजीका लागि अन्तिम गोल गरे ।

पिएसजीविरुद्ध कमजोर देखिएको रियलले भने एक गोलसमेत फर्काउन सकेन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button