यु–१९ महिला विश्वकप : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान सुरु गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
नेपाल समूह ‘डी’ मा परेको छ, जसमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड पनि छन्। नेपाली टिमले आफ्नो दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरुद्ध हुनेछ।
अन्य समूहहरूमा समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन्। समूह ‘बी’ मा इङ्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
आजको पहिलो खेल बिहान ८:१५ बजे अस्ट्रेलिया र स्कटल्याण्डबीच हुनेछ। त्यसपछि इंग्ल्याण्ड र आयरल्याण्डबीच सोही समयमा अर्को खेल हुनेछ। त्यस्तै, नाइजेरिया र समोआबीच पनि खेल निर्धारित छ।
नेपाली टिम पूजा महतोको कप्तानीमा प्रतियोगितामा सहभागी भएको छ। अभ्यास खेलमा नेपाली टिमले वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो भने अमेरिकासँग पाँच विकेटले पराजित भएको थियो। चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी पूरा गरेर नेपाली टिम मलेसिया पुगेको हो।
नेपालको प्रदर्शनमा सबैको ध्यान केन्द्रित छ, जसले पहिलोपटक यु-१९ महिला टी-२० विश्वकपमा सहभागीता जनाउँदैछ।
खेल तालिका:
- नेपाल बनाम बंगलादेश: माघ ५, दिउँसो १२:१५ बजे
- नेपाल बनाम स्कटल्याण्ड: माघ ७
- नेपाल बनाम अस्ट्रेलिया: माघ ९


