खेल संसार

न्यु क्याशलको जितमा इसाकले गरे दुई गोल

अलेक्जेन्डर इसाकले सानदार फर्मलाई कायम राख्दै दुई गोल गरेपछि बुधबार राति भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले उल्भ्सलाई ३-० ले हराएको छ।

न्यु क्याशलको सबै प्रतियोगितामा गरेर यो लगातार नवौँ जित हो। ३४ औं मिनेटमा इसाकको गोलमा न्यु क्याशलले अग्रता लिएको थियो। सो गोलसँगै इसाक प्रिमियर सिपका लगातार ८ खेलमा गोल गर्ने न्यु क्याशलको खेलाडीको रूपमा कीर्तिमान कायम गर्न सफल भएका थिए।

दोस्रो हाफको ११ औँ मिनेटमा इसाकले नै अर्को गोल गरे। खेल सकिन १६ मिनेट बाँकी रहँदा एन्थोनी गोर्डानले न्यु क्याशलका लागि तेस्रो गोल गरे। न्यु क्याशल ३८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button