
पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका हुन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पविद् भरत कोइरालाका अनुसार कति म्याग्निच्यूडको भूकम्प गएको हो भनेर एकिन भइसकेको छैन ।
पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो ।
बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए ।
भूकम्पको धक्का क्रोक्रो हल्लाएजसरी विस्तारै तर केही लामो समय महसुस भएको थियो ।
धरान र बिराटनगरमा पनि भूकम्पको धक्का महसुस भएको थियो । यसको थप जानकारी आउन बाँकी छ ।



