खेल संसार

सिटीको फराकिलो जित : वेस्ट हामको पोस्टमा चार गोल

तीन महिनापछि एर्लिङ हलान्डले प्रिमियर सिपको एकै खेलमा दुई गोल गरेपछि म्यानचेस्टर सिटीले वेस्ट हामलाई ४–१ ले हराएको छ।

खेलको ४२ औं मिनेटमा साभिन्होको पासलाई उपयोग गर्दै हलान्डले पहिलो गोल गरेका थिए। ब्राजिलका प्रभावशाली खेलाडी साभिन्होलाई रोक्ने प्रयासमा नै वेस्ट हामले १० औं मिनेटमा आत्मघाती गोल गरेको थियो। भ्लाडिमिर काउफले आफ्नै पोस्टमा गोल गरेका हुन्।

५५ औँ मिनेटमा साभिन्होको पासमा नै हलान्डले टोलीको तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५८ औं मिनेटमा फिल फोडेनले गोल गरे भने वेस्ट हामका लागि सान्त्वना गोल खेलको ७१ औं मिनेटमा निकोलास फलक्रगले गोल गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button