अन्तराष्ट्रिय
रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु
खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन्।
सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ। आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।