No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

बढ्दो गर्मीसँगै तराईका अस्पतालमा बढ्न थाले बिरामी

Patanjali Nepal
Sweet Mart Food

गर्मी अत्यधिक बढेपछि तराईका जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखालालगायतका बढीमात्रामा छन् । यहाँको अस्पतालमा अहिले दैनिक दुई हजारसम्म बिरामी पुग्ने गरेका छन् । विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको बताइएको ।

एक चिकित्सकले भने, अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो । अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ ।

अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि चितवनको भरतपुर अस्पतालमा टिकट काउन्टर थप गर्न लागेको छ ।

बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । अहिले तराइका जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ ।

आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह चिकित्सकले आग्रह गरेका छन्। गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने उनीहरुले बताएका छन् ।

Related Articles

One Comment

  1. योनै हो नेपालको विडम्बना ।

    भारतीय पक्षले एक बचन बोलदा नेपाली पक्षले Gas lighter को cif मूल्य अस्वभविक रूपमा अक्समात वास्तविक मूल्य भन्दा 50% वृद्धि गरि shipment भई बाटोमा रहेको मालमा समेतमा तुरंत लागू गरि दियो, जस्ले गर्दा पैठारीकर्ताहरूले अफ्नो कुनै कसूर बिना अपूर्णीय क्षति व्योहर्नू पर्यो ।
    अर्को तर्फ भारतीय पक्षका व्यापारीहरूले भारतीय सीमावर्ती बजारमा अफ्नो क्षेत्रको स्वाभविक आपूर्तिका लागि आवश्यक हुने परिमाण भन्दा धेरै बढी परिमाणमा चामल, तेल, मसला, काजू, बादाम, चिनि, मरीच, ल्वांग, कपडा, मोटरका पार्ट पुर्जा इत्यादी अनेकन उप्भोग्य वस्तु झिकाई तस्करी गर्ने/गराउने काम दैनिक भई रहेकोमा हम्रो पक्षले किन protest गर्दैन र भारतीय पक्षलाई सीमावर्तिय क्षेत्रको आवश्यकता भन्दा बढी परिमाणमा माल सामान नल्याउन र नथोपार्न दबाव किन दींदैन ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button