खबर फटाफटदेशमुख्य खबर

काठमाडौं उपत्यकामा शुक्रवार बिहानसम्म निषेधाज्ञा तथा कर्फ्यू

नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रवार बिहानसम्म निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ। पछिल्लो सुरक्षा परिस्थितिको मूल्यांकनका आधारमा नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरिएको सेनाले जारी गररेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार बिहीवार (भोलि) बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । त्यसपछि सोही दिन बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रवार बिहान ६ बजेसम्म कर्फ्यू जारी रहने सेनाले जनाएको छ ।

निषेधाज्ञा र कर्फ्यू अवधिमा अत्यावश्यक सेवासम्बन्धी  (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि आपूर्तिका) सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ ।

यस्तै, विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न पाउने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न पाउनेछन् ।

काठमाडौं उपत्यकाबाहिर सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button