No Image Headlineअर्थमुख्य खबरविशेष

उपभोक्ता ठग्ने सगरमाथा एग्रोको मनोमानी, किराना पसलमा आतंक मच्चाउने अनुगमन समिति किन मौन ?

वीरगञ्जको सगरमाथा एग्रो ट्रेडिङ प्रालिले उपभोक्ता र राज्यलाई ठगेको भेटिए पनि यस्तो ठगीमा राज्यका सरोकारवाला निकाय मौन देखिएका छन् । यो कम्पनीले भ्रमपूर्ण विज्ञापन गरेको र उपभोक्तालाई ठगेको भन्दै उजुरी परेको थियो ।

यो कम्पनीले टिकटकमार्फत भ्रामक विज्ञापन प्रसारण गरी उपभोक्ता ठगेको पाइएपछि बिज्ञापन बोडैले त्यस्तो विज्ञापन तत्काल रोक्न निर्देशन दिएको थियो । तर, वीरगञ्जमा सामान्य पसलमा अनुगमनको नाममा आतंक मच्चाउने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयदेखि जिल्लाभरिको अनुगमनको दायित्व लिएको जिल्ला प्रशासन कार्यालय समेत यसमा उदासीन देखिएको छ ।

सगरमाथा एग्रो ट्रेडिङले २० केजीको नेवारी ब्रान्डको शाही पुलाउ बासमती चामलको बोरामा उपहारसम्बन्धी विवरण उल्लेख नगरी टिकटकमा तामाको जग र स्टिलको थर्मस देखाएर विज्ञापन गरेको छ । उपभोक्ताले चामलको बोरा खरिद गर्दा तामाको जग र स्टिलको थर्मस नभेटिएको र केवल स्टिलको कचौरा मात्र प्राप्त भएको गुनासो गरेका छन् ।

उजुरीमा कम्पनीले भन्सारमा चामल बाहेक अन्य सामानको राजस्व नतिरेको, तामाको जग र स्टिलको थर्मस छुट्टै बेच्ने र बोरामा स्टिलको कचौरा मात्र राखेर उपभोक्तालाई ठग्ने तथा राज्यलाई राजस्व छल्ने गरेको आरोप छ ।

विज्ञापन बोर्डले कम्पनीको विज्ञापन उक्त कानुन विपरीत भएको ठहर गरेको छ । श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नु पूर्व बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि कम्पनीले पालना नगरेको बोर्डको भनाइ छ ।

आफैं भ्रमपूर्ण विज्ञापन गरेको कम्पनीले अरु कम्पनीले दर्ता गराएको ब्राण्डमा भने दाबी गर्दै उजुरबाजुर गर्दै हिँडेको पनि थाहा भएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button