No Image Headlineअर्थखबर फटाफट

वीरगञ्जमा वृहत महिला सम्मेलन, पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा ३० महिला सम्मानित हुने

आगामी भदौ १४ गते वीरगञ्जमा वृहत महिला सम्मेलन हुने भएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

संघका अध्यक्ष हरि गौतमका अनुसार, बारा र पर्सामा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरूलाई पहिचान दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। समाजमा उत्कृष्ट काम गरे पनि पहिचानको अवसर नपाएका महिला नेतृत्वकर्तालाई सम्मान गर्ने योजना रहेको उनले बताए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छन्। करिब २५० जनाको सहभागिता रहने सम्मेलनमा विभिन्न विधामा ३० जना महिलालाई सम्मानित गरिने संघको महिला उद्यमशीलता विकास समिति संयोजक डा. लक्ष्मी थापाले जानकारी दिइन्।

सहभागिताका लागि अनलाइन फारम सार्वजनिक भइसकेको र महिला सशक्तिकरणबारे प्यानल डिस्कसन पनि हुने संघका सहसचिव अनुप अग्रवालले बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button