अर्थखबर फटाफट

सिल्कवेयर प्लम्बर पर्व २०८२ सम्पन्न : सीपमा गौरव, सम्बन्धमा भरोसा

सीपमा गौरव, सम्बन्धमा भरोसा भन्ने नाराका साथ सिल्कवेयरले आफ्नो प्रमुख कार्यक्रम सिल्कवेयर प्लम्बर पर्व २०८२ वीरगञ्जको लिंक रोडस्थित ईशा बिल्ड मार्टको प्राङ्गणमा सम्पन्न गरेको छ। कार्यक्रममा करिब २५ जना प्लम्बरहरूको सक्रिय सहभागिता रहेको थियो।

प्लम्बरहरू विशेष रूपमा सिल्कवेयर ब्रान्डको पहिरनमा सजिएर उपस्थित भएका थिए। यसले उनीहरूको योगदानप्रति सम्मान प्रकट गर्नुका साथै ब्रान्ड र सीपशाली जनशक्तिबीचको सम्बन्धलाई अझ मजबुत बनाएको देखियो।

सिल्कवेयरका सम्पूर्ण उत्पादनहरूको प्रस्तुति-जसमध्ये एक पीस कमोड, एलईडी मिरर, रंगीन बेसिन, स्मार्ट नल, र किचन सिंक विशेष आकर्षण थिए। सिल्कवेयरका विशिष्ट विशेषताहरूको प्रस्तुति-उत्कृष्ट गुणस्तर, आधुनिक डिजाइन, र किफायती मूल्य भएको सञ्चालक सन्दीप अग्रवालले बताए ।

सेवा र सन्तुष्टिमा केन्द्रित प्रयासहरूमा चाँडै सुरु हुन लागेको निःशुल्क टोल फ्री सेवा नम्बर, भिडियो ट्रबलशूटिङ गाइड, र स्थापना मार्गदर्शन सामग्रीहरू बारे जानकारी दिइयो।

हाल सिल्कवेयरले सातै प्रदेश र १८ वटा जिल्लाहरूमा उपस्थिति कायम गरिसकेको छ, र आगामी १२ महिनामा नयाँ डिलर म्यापिङ योजनाअन्तर्गत ४४ जिल्लासम्म यो सञ्जाल विस्तार गर्ने योजना रहेको अग्रवालको भनाइ छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button