अर्थखबर फटाफट

तीन युवाको डिजिटल सपना : वीरगञ्जबाट सुरु भयो ‘बाई नेपाल’

वीरगञ्जका तीन युवा उद्यमीले औद्योगिक आपूर्तिको डिजिटल रुपान्तरणको सपना देखे। त्यो सपना अब यथार्थ बनेको छ—‘बाई नेपाल’ अनलाइन प्लेटफर्मको रूपमा।

अब उद्योग व्यवसायमा चाहिने सामग्री खोज्न बजार–बजार धाउनु पर्दैन। ‘बाई नेपाल’ले अनलाइन सप्लाईको सुविधा सुरु गरेको छ।

बिहीबार एक औपचारिक समारोहबीच सार्वजनिक गरिएको यस प्लेटफर्मले निर्माण सामग्री, सुरक्षा उपकरण, कृषि औजार, कच्चा पदार्थ र पार्टपुर्जालगायतका सामग्री उद्योगसम्म अनलाइनमार्फत पुर्‍याउने छ।

सञ्चालक चन्दन सिंह भन्छन्, “हामी उद्योगहरूलाई पारदर्शी, सुलभ र डिजिटल सेवा दिन चाहन्छौं। बाई नेपाल यही सोचको उपज हो।”

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button