खबर फटाफटदेश

पर्साको विकट शिकारीबासमा खोलाको कटान रोक्न तटबन्ध, करिब १० लाख खर्च हुने

ठोरी गाउँपालिका–३ स्थित विकट बस्ती शिकारीबास खोलाको कटानको चपेटामा परेपछि स्थानीय बासिन्दालाई जोगाउन तटबन्ध निर्माण सुरु गर्न लागिएको छ।

खोलाको बहाव तीव्र भई पुरानो बस्तीमा कटान सुरु भएपछि बाढी तथा डुवानको जोखिम न्यूनीकरण गर्न तारजाली र बोरा प्रयोग गरी तटबन्ध निर्माणको काम अघि बढाइएको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इन्जिनियर राकेश साहका अनुसार बस्ती जोगाउनका लागि करिब १० लाख रुपैयाँ खर्च गरेर तटबन्ध बनाइनेछ।

उनले भने, “शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तत्काल तटबन्ध निर्माण गर्न लागिएको हो।” शिकारीबासमा करिब ७० घरपरिवार बसोबास गर्छन्। यो बस्ती ठोरीको हुलाकी सडकबाट करिब ६ किलोमिटर भित्र पर्ने भएकाले पुगेका विकासका संरचनाहरू समेत सीमित छन्।

स्थानीयवासीले खोलाको बाढीका कारण वर्षेनी बस्तीमा जोखिम बढेको गुनासो गर्दै आएका छन्। तटबन्ध निर्माणपछि कटानको जोखिम न्यून हुने र बस्ती सुरक्षित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button