No Image Headlineखबर फटाफटदेश

देशभर मनसुनी प्रभाव, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा विभिन्न क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर पश्चिम नेपालको केही नजिक रहँदा वर्षाको सम्भावना बढेको हो।

महाशाखाका अनुसार आज (मंगलबार) दिनभर देशभर साधारणतया बदली रहनेछ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने चेतावनी समेत महाशाखाले जारी गरेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

आज राति पनि देशका धेरै भूभागमा बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, यी प्रदेशहरूका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button