No Image Headlineअर्थमुख्य खबर
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो भाउ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले सोमबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपैयाँले बढेर १६५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएर १४९ रुपैयाँ निर्धारण गरिएको छ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको हो।
यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धन (एटीएफ) को मूल्य पनि प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ।



