No Image Headlineअन्तराष्ट्रिय

इजरायल–इरान युद्धमा अमेरिकी संलग्नताबारे ट्रम्पको निर्णय दुई साताभित्र

इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई सातामा निर्णय गर्ने भएका छन् ।

अमेरिकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । यस बीचमा ह्वाइट हाउसले वार्ता अघि बढाउने सम्भावना छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्क रुबियो र उनका बेलायती समकक्षी डेभिड लेमीको बीचमा इजरायलको विषयमा छलफल भएको छ । सो छलफलमा लामो समयका लागि आणविक विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्द्रित थियो ।

युद्ध सुरु भएको एक सातामा दुवै पक्षले धेरै क्षति सहेका छन् । पूर्ण ध्वस्त भने दुवै पक्ष भएका छैनन् । बिहीबार अस्पतालमा भएको आक्रमणमा ७१ जना घाइते भएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button