No Image Headlineखबर फटाफटदेश

आजको मौसम : देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी तथा मध्य भूभागमा मनसुनी वायुको प्रभाव देखिएको जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणाली सक्रिय रहेको विभागले जनाएको हो। साथै देशको पश्चिमी भागमा पनि पश्चिमी तथा स्थानीय वायुले आंशिक प्रभाव पारेको बताइएको छ।

महाशाखाका अनुसार भारतको पश्चिम बङ्गाल आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत आंशिक असर नेपालमा देखिएको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति अधिकांश स्थानमा वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्य बदली रहने मौसम विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने सम्भावना छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुने जनाएको छ। मौसम विभागले वर्षा सम्भावित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार, पहिरो सम्भावित क्षेत्र तथा यात्रा गर्नेहरूका लागि सावधानी आवश्यक छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button