अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव: ‘आयतुल्लाह खामेनीले बिना शर्त आत्मसमर्पण गर्नु उपयुक्त’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई तत्काल बिना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। उनले खामेनीको सुरक्षालाई दृष्टिगत गर्दै हालै यस्तो अभिव्यक्ति दिएका हुन्।



राष्ट्रपति ट्रम्पले “यदि अहिले सहज आत्मसमर्पण गरियो भने खामेनी सुरक्षित रहनेछन्,” भन्ने तर्क गर्दै यो नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन्। उनका अनुसार अहिले इरान सजिलो निशानामा परेको छ, त्यसैले संकटबाट जोगिन आत्मसमर्पण नै उत्तम हुने छ।



यसैबीच, इरानले इजरायलको तेल अभिभ र हाइफा खाली गर्न चेतावनी दिएपछि तेहरानमा धमाका लगातार भइरहेका छन्। राजधानीमा बढ्दो तनावका कारण धेरै नागरिक सहर छाड्न खोजिरहेका छन्, तर अधिकांशले कुनै पनि स्थान सुरक्षित नभएको भन्दै अन्योल व्यक्त गरेका छन्।



इरान–इजरायल द्वन्द्व चुलिँदै जाँदा, अहिले विश्वभरका नेताहरूले राष्ट्रपति ट्रम्पको सम्भावित आगामी कदमबारे अनुमान गर्न थालेका छन्। उनको अभिव्यक्तिले युद्धको दिशा कुनतिर मोडिन्छ भन्ने विषयमा चासो बढेको छ।
युद्धको बीचमा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ। साथै, इजरायली सेनाले इफाहानसहित इरानका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा आक्रमण जारी रहेको जानकारी दिएको छ।
स्थिति दिनप्रतिदिन भयावह बन्दै गएको छ भने कूटनीतिक समाधानको संभावना अहिलेसम्म देखिएको छैन।