इजरायल र इरानबीच सञ्चारमाध्यममै आक्रमणको केन्द्रित, तनाव चुलिँदै

इजरायल र इरानबीचको द्वन्द्व सञ्चारमाध्यमसम्म फैलिएको छ। पछिल्लो घटनाक्रममा इरानले इजरायलका दुई प्रमुख टेलिभिजन च्यानलहरूलाई लक्षित गर्दै चेतावनी जारी गरेको छ।



इरानको सरकारी टेलिभिजनमा इजरायली साइबर आक्रमण भएको केही समयपछि, इरानले इजरायलको च्यानल १२ र च्यानल १४ को मुख्यालय खाली गर्न आग्रह गरेको छ। ती च्यानलहरूमाथि आक्रमण हुन सक्ने इरानको चेतावनी सार्वजनिक भएको हो।



यसअघि, इजरायलले इरानी समाचार संस्था आईआरआईएनएन (IRINN) लाई सैन्य प्रयोजनमा प्रयोग गरिएको भन्दै साइबर आक्रमण गरेको थियो। इरानको चेतावनी यसैको प्रतिकृयामा आएको विश्लेषण गरिएको छ।



उता, इरानी सञ्चारमाध्यमहरूले राजधानी तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नातान्ज क्षेत्रमा सेनाको गतिविधि बढेको जानकारी दिएका छन्। नातान्ज इरानको रणनीतिक आणविक स्थलका रूपमा चिनिन्छ। हाल पनि तेहरानका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुन्निएको विवरण आएको छ।
यसरी, दुबै देशबीचको तनावले अब सञ्चारमाध्यम र साइबर क्षेत्रलाई केन्द्र बनाउँदै थप जटिल मोड लिएको देखिन्छ।