आज देशभर आंशिकदेखि साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायु सक्रिय रहँदा देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरूमा ठूलोदेखि धेरै ठूलो वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।
आज रातिको मौसम पनि दिउँसो सरह रहनेछ। देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कोशी, मधेस, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको विभागले चेतावनी दिएको छ। यस्तो अवस्थामा पहिरो, बाढी तथा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।



