No Image Headlineअन्तराष्ट्रिय

इजरायलमा इरानको जवाफी कारबाही : मिसाइल आक्रमणमा एक महिलाको मृत्यु, दर्जनौं घाइते

इजरायली भूमिमा आक्रमणको जवाफस्वरूप इरानले शुक्रबार रातिदेखि व्यापक सैन्य कारबाही थालेको छ। सयभन्दा बढी ड्रोन आक्रमणपछि इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो।

टाइम्स अफ इजरायलका अनुसार पहिलो चरणको मिसाइल आक्रमणमा एक महिला गम्भीर घाइते भइन् र अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो। मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

इरानको आक्रमणपछि इजरायली रक्षा बल (आईडीएफ) ले नागरिकहरूलाई तोकिएका सुरक्षात्मक सेल्टरमा बस्न निर्देशन दिएको छ। आईडीएफले इरानबाट सयौं रकेट प्रक्षेपण भएको जानकारी दिएको छ भने तीमध्ये केही मिसाइल इन्टरसेप्ट गरिएको दाबी गरिएको छ। तर, रोकिएका मिसाइलहरूको संख्या खुलाइएको छैन।

इजरायलको आपतकालीन सेवा मगेन डेविड अडोमले एक इन्सेन्सिभ केयर युनिटमा मिसाइलको छर्राले क्षति पुर्‍याउँदा दुई जना एम्बुलेन्सकर्मी घाइते भएको जानकारी दिएको छ।

आईडीएफ होम फ्रन्ट कमाण्डले तेस्रो चरणको मिसाइल आक्रमणपछि नागरिकहरूलाई अर्को सूचना नआएसम्म सेल्टरमै बस्न आग्रह गरेको जेरूसेलम पोस्टले उल्लेख गरेको छ।

इरानको यस आक्रमणलाई विश्लेषकहरूले इजरायली आक्रमणको प्रत्यक्ष जवाफको रूपमा हेरेका छन्, जसले क्षेत्रीय तनावलाई थप चर्काएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button