आजको मौसम : पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसमविद्हarूले बताएका छन्।
आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ र केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनेछ।
महाशाखाका अनुसार आज सूर्योदय बिहान ५:०७ मा भएको हो भने सूर्यास्त साँझ ७:०० बजे हुनेछ।



