No Image Headlineअर्थमुख्य खबर

तारको कच्चा पदार्थमा दोब्बर महशुल : उद्योगी भन्छन्-एउटा उद्यमलाई पोस्न २५ उद्योग टाट पल्टाउने ?

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत तार र जीआई तारको कच्चा पदार्थमा लाग्ने भन्सार महशुल दोब्बर बनाएको निर्णयप्रति निजी क्षेत्रले कडा आपत्ति जनाउँदै विरोध गरेको छ।

बजेटमार्फत तारको डन्डीमा लाग्ने भन्सार शुल्क ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघले उक्त निर्णयले स्वदेशी उद्योगहरू प्रभावित हुने भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ।

संघका कार्यवाहक अध्यक्ष माधव राजपालले अर्थ मन्त्रालयलाई पत्र पठाउँदै सरकारले सीमित उद्योगलाई फाइदा पुर्‍याउन २५ वटा उद्योगलाई समस्यामा पार्ने नीति ल्याएको आरोप लगाएका छन्।

‘कच्चा पदार्थमा कर कम हुनुपर्ने हो, उल्टो दोब्बर बनाइयो,’ राजपालले भने, ‘यसबाट स्वदेशी उद्योगहरू बन्द हुने खतरा बढेको छ।’

संघद्वारा पठाइएको पत्रमा सरकारले स्वदेशी उत्पादनलाई असहज बनाउने कार्य गरिरहेको उल्लेख छ।

हाल देशभर करीब २५ वटा उद्योगले तार र जीआई तार उत्पादन गर्दै आएका छन्। ती सबै उद्योगले कच्चा पदार्थको रूपमा तारको डन्डी आयात गर्छन्। भन्सार महशुल बढेसँगै उत्पादन लागत बढ्ने, बजार मूल्यमा असर पर्ने, र रोजगारीमा समेत प्रतिकूल प्रभाव पर्ने उद्योगीहरूको भनाइ छ।

वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार शुल्क पूर्ववत् ५ प्रतिशत कायम गरी स्वदेशी उद्योगहरूको संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button