अर्थ

आजको विदेशी विनिमय दर, डलर १३७ रुपैयाँ नाघ्यो

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि लागू हुने विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा तोकिएको छ।

युरोपियन युरोको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा तोकिएको छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा रहेको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यसप्रकार छ:

  • अष्ट्रेलियन डलर: खरिददर ८९ रुपैयाँ १४ पैसा, बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा
  • क्यानाडियन डलर: खरिददर १०० रुपैयाँ २५ पैसा, बिक्रीदर १०० रुपैयाँ ६९ पैसा
  • सिङ्गापुर डलर: खरिददर १०६ रुपैयाँ ६२ पैसा, बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा
  • जापानी येन (१० को दरमा): खरिददर ९ रुपैयाँ ५६ पैसा, बिक्रीदर ९ रुपैयाँ ६१ पैसा
  • चिनियाँ युआन: खरिददर १९ रुपैयाँ ०८ पैसा, बिक्रीदर १९ रुपैयाँ १६ पैसा
  • साउदी रियाल: खरिददर ३६ रुपैयाँ ५२ पैसा, बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा
  • कतारी रियाल: खरिददर ३७ रुपैयाँ ५८ पैसा, बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा

त्यस्तै, थाइ भाटको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ।

साउथ कोरियन वन (१०० को दरमा) खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्विडिस क्रोनर खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा, र डेनिस क्रोनर खरिददर २० रुपैयाँ ९७ पैसा र बिक्रीदर २१ रुपैयाँ ०७ पैसा रहेको छ।

अन्य मुद्राहरूमा हङकङ डलरको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनारको खरिददर ४४६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ५९ पैसा, बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८९ पैसा र ओमनी रियालको खरिददर ३५५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

भारतको मुद्रा भारतीय रुपियाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरहरू फरक हुन सक्ने भन्दै अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button