अन्तराष्ट्रिय

पाकिस्तान र इरानबाट १८ हजार अफगान नागरिक स्वदेश फर्किए

अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान तथा इरानबाट तीन हजार ३१९ अफगान परिवार अर्थात १८ हजार ६४० जना नागरिकहरू स्वदेश फर्किएका छन् ।

उनीहरू पूर्वी नान्गारहार प्रान्तको तोर्खम, दक्षिणी कान्धारको स्पिन बोल्दाक, पश्चिमी हेरातको इस्लाम कला, पश्चिमी निमरोजको अब्रिशम तथा दक्षिणी हेलमन्द प्रान्तको बह्रमचा सीमाबाट अफगानिस्तान प्रवेश गरेका हुन् ।

उक्त आयोगद्वारा उनीहरूलाई अस्थायी आवास, भोजन, पिउने पानी, आधारभूत स्वास्थ्य सेवा तथा आफ्नो प्रान्तसम्म पुग्न यातायात सुविधा उपलब्ध गराइएको जानकारी गराइएको छ ।

हाल करिब सात लाख अफगान शरणार्थीहरू विदेशमा बसोबास गरिरहेका छन् । जसमा अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा रहेका व्यक्तिहरू छन् ।

पाकिस्तान र इरानका सम्बन्धित अधिकारीहरूले गैरकानुनी रूपमा बसोबास गरिरहनुभएका विदेशी नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button