अर्थ

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आइतबार (२०८२ जेठ ५ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले प्रकाशित दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

युरोपेली युरोको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानाडियन डलरको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा, र सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ १२ पैसा तथा बिक्रीदर १०५ रुपैयाँ ५९ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा छ। त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, र कतारी रियालको खरिददर ३७ रुपैयाँ ४६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।

अन्य मुद्राहरूमा थाइ भाटको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, र साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ।

स्वीडिस क्रोनरको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा तथा डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा तथा ओमानी रियालको खरिददर ३५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १८ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा परिवर्तन गर्न सकिने उल्लेख गरेको छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने र अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button