खेल संसार

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट: नेपाल र बहराइनबीचको खेल वर्षाले रोकियो

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीच जारी खेल वर्षाका कारण रोकिएको छ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको हो।

खेल रोकिँदा जेनब फाज्ली ४ र अबिरा वारिस १ रनमा क्रिजमा थिए। यसअघि रसिका रोड्रिगोले २४, कप्तान दिपिका र सांगिकाले २३ र थरंगा गजनायकेले १२ रनको योगदान दिएकी थिइन्।

सुपर ३ मा पुग्न नेपाललाई जित अत्यावश्यक भएकाले वर्षाले खेल प्रभावित हुनुले नेपालको सम्भावनामा असर पर्न सक्ने देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button