दक्षिण कोरिया, जहाँ ग्राहकको इमानमै चलेका छन् पसल

दक्षिण कोरियामा चोरी हुने दर निकै कम छ। यसले पनि मानवरहित पसलहरूको सफलता दर बढाएको छ। यी पसलहरु मानव कर्मचारीविनै ग्राहकको इमानमा चलेका छन् ।



मानिसहरूले पैसा तिर्न बिर्सिएका घटना छन् तर पछि फोन गरेरै पैसा तिर्छन्। अरू पसलबारे थाहा छैन तर युवाहरू आफ्नो फोन र थैली छोड्न पनि सुरक्षित महसुस गर्छन्, पसले किम भन्छन्।



पसलमा हुने छिटपुट चोरीका कारण कहिलेकाहीँ घाटा पनि भएको उनी स्वीकार गर्छन्। तर यसले उनको व्यवसाय सङ्कटमै परेको चाहिँ छैन।



केके चोरी हुन्छ भनेर मैले अहिलेसम्म हिसाब गरेको छैन। तर समग्रमा मलाई घाटा छैन। त्यस कारण यो ठूलो समस्या होइन। सुरक्षाकर्मी राख्दा खर्च बढ्छ, उनी भन्छन्।
प्रविधिको विकाससँगै सडकमा स्वचालित कारहरू आउन सुरु भएपछि बिस्तारै सवारी चलाउने कामहरू पनि सङ्कटमा पर्ने ठानिएको छ।
दक्षिण कोरियाले लामो समयदेखि कायम राखेको २ प्रतिशतको आर्थिक वृद्धिलाई निरन्तरता दिन सन् २०३२ सम्म यो देशलाई थप आठ लाख ९०,००० अतिरिक्त कामदारहरू आवश्यक पर्ने आकलन छ।
कोरिया मार्ट लेबर यूनिअनजस्ता कतिपय सङ्गठनहरू भविष्यको श्रमबजारलाई लिएर चिन्तित छन्। तर मानरसहित बार चलाउने किमजस्ता मानिसहरू भने भविष्यको आर्थिक अवसरलाई लिएर आशावादी छन्।