अन्तर्राष्ट्रिय क्लब ‘इनर व्हील क्लब अफ बिरगंज’ को औपचारिक उद्घाटन

महिलामुखी अन्तर्राष्ट्रिय क्लब ‘इनर व्हील क्लब अफ बिरगंज’को औपचारिक उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रोटरी वर्ष २०२४/२५ अन्तर्गत रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको प्रायोजनमा, क्लबका अध्यक्ष रोटेरियन अनिल जयसवालको नेतृत्वमा उक्त क्लब स्थापना गरिएको हो।



क्लबको चार्टर अध्यक्षको रूपमा मनजरी श्रेष्ठ चयन भएकी छन्। क्लबको नेतृत्वमा अन्य पदाधिकारीहरूमा उपाध्यक्ष डा. प्रीति गुप्ता, सचिव निलम ब्याहुत, कोषाध्यक्ष निभा दास, आईएसओ सरिता यादव तथा संपादक प्रियंका झा रहेका छन्।



उद्घाटन समारोहमा इनर व्हील जिल्ला अध्यक्ष आशा श्रेष्ठले क्लबका २० जना सदस्यहरूलाई औपचारिक रूपमा चार्टर प्रदान गर्दै सम्मान गरेकी थिइन्। कार्यक्रममा जिल्ला प्रतिनिधि सबिता दास र बिनिता अधिकारीको पनि विशेष उपस्थिति थियो।



रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका सचिव हरिओम साह, पूर्व अध्यक्षहरू संजय साह र शशि रञ्जन, साथै डा. अशोक दास लगायतको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
नवगठित इनर व्हील क्लब अफ बिरगंजले सामाजिक सेवा, महिला सशक्तिकरण र समुदाय विकासमा क्रियाशील भई योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। क्लबले महिलामुखी अन्तर्राष्ट्रिय सञ्जालमार्फत समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ।