खेल संसार
आईपीएल स्थगित खेलहरू १७ मेदेखि सुरु हुने, फाइनल ३ जुनमा

कश्मीर सीमामा भारत र पाकिस्तानबीचको तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी जेठ ३ गते (१७ मे) बाट पुनः सुरु हुने भएको छ।



आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादका मैदानहरूमा सञ्चालन गरिने भारतीय क्रिकेट बोर्डले जनाएको छ। यद्यपि, प्ले अफका खेलहरू कहाँ हुने भन्ने विषयमा निर्णय आउन बाँकी छ।



प्ले अफका मितिहरू भने तय भइसकेका छन्। पहिलो क्वालिफायर २९ मे, इलिमिनेटर खेल ३० मे, तथा दोस्रो क्वालिफायर १ जुनमा हुनेछ।



यसअघि ८ मे मा धर्मशालामा हुने भनिएको पञ्जाब किङ्स र मुम्बई इन्डियन्सबीचको खेल अब २४ मे मा हुनेछ।
त्यसैगरी, १७ मे मा कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ। आईपीएल २०२५ को फाइनल खेल ३ जुनमा आयोजना हुने तालिका छ।