अन्तराष्ट्रियअर्थ

अबुधाबीमा दक्ष कामदार २५ लाख

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ‘वर्क फोर्स’ को तथ्याङ्क सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत् अबुधाबी मिडिया कार्यालयले ‘सङ्ख्यामा अबुधाबी’ शृङ्खलाअन्तर्गत यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

मिडिया कार्यालयले यो तथ्याङ्क पारम्परिक रुपबाट तेलबाट सञ्चालित अर्थव्यवस्थाबाट साथै विविधतापूर्ण ज्ञानमा आधारित अर्थव्यवस्थाबाट प्राप्त भएको उल्लेख छ ।

जसलाई ‘सफल परिवर्तन’ का रुपमा व्याख्या गरिएको छ । यो परिवर्तन प्रमुख रुपमा रणनीतिक लगानीको मुख्य क्षेत्रबाट प्राप्त भएको उल्लेख छ । कामदारको वृद्धिसँगै आंशिक रुपमा इमिरेट्सको जनसङ्ख्यामा ८३ प्रतिशतको वृद्धि भएको छ ।

यसबाहेक सन् २०११ र २०२३ को बीचमा गैर–तेल जीडीपीमा ५९ प्रतिशतको वृद्धि भएको छ । जुन वित्त, औद्योगिक, स्वास्थ्य सेवा र पर्यटनजस्ता क्षेत्रअन्तर्गत पर्छ । यसबीचमा बाह्य लगानीमा वृद्धि भएको छ । जसमा ३०० प्रतिशतको प्रभावशाली वृद्धि भएको देखाइएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button