खबर फटाफटदेशमुख्य खबर

वीरगञ्जको साम्प्रदायिक तनाव समाधान, अन्ततः जुट्यो सहमति

हनुमान जयन्तिको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभायात्रामा ढुंगामुढा भएपछि उत्पन्न तनाव समाधानमा सहमति भएको छ । आइतबार बिहानै ७ बजेदेखि करीब १० घण्टाको निरन्तर छलफलपछि यो सहमति जुटेको हो ।

आइतबार सर्वदलीय र सर्वपक्षीय बैठक बसेको थियो। ४ चरणमा बसेको बैठकमा घटनाका संलग्नलाई कानूनी कारवाही गर्ने सहमति भएको छ ।

सामाजिक सद्भाव कायम राख्न सबै पक्षले प्रतिबद्धता जनाएका छन्। घाइते सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारणको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने माग गरिएको छ।

यसअघि सहमतिको प्रयास भइरहेका बेला एकाएक तानव बढेको थियो । त्यसअघि सर्वदलीय र सर्वपक्षीय बैठक सकारात्मक भए पनि झपडका २ पक्षबीच असमझदारी हुँदा तानव बढेको थियो ।

बैठकमा बसेका दुवैपक्ष होहल्ला गर्दै बाहिर निस्किएपछि प्रशासन कार्यालय तनावग्रस्त बनेको थियो । पुनः बैठक बसी सहमतिमा पुगेको हो ।

यसैबीच आइतबार राति १२ बजेसम्मका लागि कफ्र्यु लम्ब्याइएकोमा अब जिल्ला सुरक्षा समितिको बैठक बसी त्यसमा सहजीकरण गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

शोभायात्रामा लक्षित गरी केही युवाले ढुंगा प्रहार गरेपछि झडपको स्थिति सिर्जना भएको थियो। प्रारम्भमा शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्मका लागि लागू गरिएको कफ्र्युलाई पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले थप गर्दै आइतबार राति १२ बजेसम्म विस्तार गरेका हुन्।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button