खेल संसार
नेपाली क्रिकेट टोली चार देशीय क्रिकेट प्रतियोगिताको फाइनलमा

वर्षाले खेल बिथोलिएर हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली हङ्कङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।



कतार र कुवेतबीचको अघिल्लो दुई खेल जितेर आरामदायी अवस्थामा रहेको नेपालले शनिवार एक अङ्क प्राप्त गरेसँगै शीर्षस्थान ओगट्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। फाइनलमा नेपालले कुवेतसँग खेल्नेछ।



आयोजक हङ्कङको फाइनल पुग्ने सम्भावना भने पूरा हुन पाएन। तीन खेलमा दुईमा जित हात पार्दै चार अङ्क बटुलेको कुवेतको रनरेट नेपालभन्दा राम्रो स्थितिमा थियो।



यो अवस्थामा यदि शनिवारको खेलमा हङ्कङले नेपाललाई पराजित गर्न सकेको भए फाइनलमा पुग्न सक्थ्यो।