खेल संसार

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पिएसजीको संभावना बलियो

पिएसजीले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।

बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा पिएसजीले अस्टन भिल्लालाई ३–१ ले हराएको हो।

३५ औँ मिनेटमा मोर्गन रेजर्सले गोल गर्दै पिएसजीलाई स्तब्ध पारेका थिए। तथापि त्यो अग्रता लामो समय टिक्न सकेन। डिजाइर डाउले २० यार्डबाट घुमाउरो प्रहार गर्दै टोलीलाई अग्रता दिलाए।

जर्जियाका विङ्गर केभिचा भाराट्सखेलियाले ४९ औँ मिनेटमा पिएसजीलाई अग्रता दिलाएका हुन्। इन्जुरी समयमा ननो मेन्डेसले अर्को गोल गर्दै भिल्लाका लागि दोस्रो लेगमार्फत कम ब्याक गर्ने सम्भावना कमजोर बनाएका हुन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button