No Image Headlineअन्तराष्ट्रियअर्थ

ट्रम्पले ट्यारिफ स्थगित गरेपछि अमेरिकी शेयर बजारमा ऐतिहासिक उछाल, एप्पल र नाइकको मूल्यमा दोहोरो अंकको वृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूमा लगाइएको ट्यारिफ (आयात कर) को निर्णयबाट पछि हट्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। यद्यपि परम्परागत १० प्रतिशतको आयात कर भने यथावत् राखिएको छ।

बुधबार रातिबाट लागू हुने भनिएको नयाँ ट्यारिफ स्थगित गरिएको छ, जसका कारण बजारमा सकारात्मक संकेत देखिएको हो। यद्यपि चीनबाट अमेरिका आउने वस्तुहरूमा लाग्ने करको दायरा भने अझै बढेर १२५ प्रतिशत पुग्ने तय भएको छ।

ट्यारिफ स्थगनको घोषणा लगत्तै, एस एन्ड पी (S&P) शेयर सूचकांकमा एकै दिनमा ९.५ प्रतिशतको वृद्धि भएको छ। यो वृद्धि २००८ यता एकै दिनमा भएको सबैभन्दा ठूलो हो, जुन निरन्तर ओरालो लागेको बजारको स्थितिमा आशाजनक परिवर्तन मानिएको छ।

यस निर्णयको प्रत्यक्ष प्रभाव केहि ठूला कम्पनीहरूमा देखिएको छ। नाइकको शेयर मूल्यमा ११ प्रतिशतको वृद्धि भएको छ भने एप्पलको शेयर १५ प्रतिशतले उचालिएको छ। स्थगनको निर्णयअघि राष्ट्रिय रिटेल फेडरेसनले अमेरिकामा वस्तु आपूर्तिमा ठूलो गिरावट आउन सक्ने चेतावनी दिएको थियो, जसले प्रशासनमा दबाव सिर्जना गरेको बताइन्छ।

विशेषज्ञहरूका अनुसार ट्रम्प प्रशासनले अन्य व्यापारिक साझेदारहरूसँगको सम्बन्धलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। यद्यपि चीनसँगको सम्बन्ध सुधार्न अझै समय लाग्ने विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button