No Image Headlineअर्थमुख्य खबर

निजीक्षेत्रका समस्या समाधानमा सरकार उदासीन : व्यवसायी 

सरकारले निजीक्षेत्रका समस्या समाधानमा उदासीनता देखाएको आरोप व्यवसायीले लगाएका छन्। बुधबार वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सपथ समारोहमा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

संघका अध्यक्ष हरि गौतमले बारा–पर्सा औद्योगिक कोरिडोर घोषणा, व्यापार सहजीकरण, आयात–निर्यातका समस्या तथा कर राजस्वसम्बन्धी मुद्दामा सरकारले चासो नदेखाएको गुनासो गरे। उनले सम्बोधन हुन नसकेका निजीक्षेत्रका सरोकारलाई प्राथमिकतामा राख्ने योजना रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा संघका पूर्वअध्यक्ष बाबुलाल चाचानले निजीक्षेत्रका समस्या समाधान गर्न सके मात्र अर्थतन्त्रले गति लिने बताए। उनले हाल अर्थतन्त्र असजिलो अवस्थामा रहेकाले निजीक्षेत्रको आत्मविश्वास बढाउने नीतिको आवश्यकता रहेको धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सभापति सुबोधकुमार गुप्ताले अर्थतन्त्र संकटमा परिरहेको उल्लेख गर्दै व्यवसायका अप्ठेरा समाधान गरी सहज वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरे।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, संघका पूर्वअध्यक्ष गणेश लाठ तथा संविधानसभा सदस्य ओमप्रकाश शर्माले उद्योग–व्यापार क्षेत्रका समस्या समाधानमा सरकार र निजीक्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याए।

यसैगरी, पूर्वनगरप्रमुख विजयकुमार सरावगी तथा संघका पूर्वअध्यक्ष प्रदीप केडियाले वीरगञ्जको मुख्य सडक ५० मिटर फराकिलो बनाउने योजना व्यवहारिक नभएको बताए। त्रिभुवनराजपथको विकल्पका रूपमा बाइपास सडक सञ्चालनमा आइसकेकाले फरक मापदण्ड तय गरी सडक विस्तारको निकास खोजिनुपर्ने उनीहरूको सुझाव छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button