No Image Headlineअर्थमुख्य खबर

सुक्खा बन्दरगाहको ठेक्का फेरि प्रिस्टिनको हातमा : आयातकर्ता सशंकित, कमाउने औजार कि सहजीकरणको पूर्वाधार ?

वीरगजको सक्खा बन्दरगाह सञ्चालनको ठेक्का फेरि प्रिस्टिन भ्यालीले पाएको छ । विगतमा ठेक्का रकम बढाएर सकार गरेका यो कम्पनीले यस पटक ५ वर्षका लागि ठेक्का पाएको हो ।

सरकारले विगतमा ८२ करोड रुपैयाँबाट एकै पटक ३ अर्ब २५ करोडमा ठेक्का लगाएपछि प्रिस्टिनले रकम उठाउनकै लागि शुल्कमा मनोमानी चलाएको गुनासो व्यापारीले बताएका थिए । यस पटक ४ अर्ब ७१ करोडमा ठेक्का हात पारेपछि व्यवसायी अझ सशंकित भएका छन् ।

सरकारले न्यूनतम ३ अर्ब ४८ करोड रुपैयाँ तोकेर ठेक्क आह्वान गरेको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ को साउनदेखि नयाँ ठेक्का कार्यान्वयनमा आउनेछ ।

अर्को भारतीय कम्पनी कोन्करले ४ अर्ब ५१ करोड प्रस्ताव गरेकोमा प्रिस्टिनको रकम बढी भएपछि उसैले पाएको हो । विगतमा कोन्करसमेतको साझेदारी रहेको हिमालयन टर्मिनलले १५ वर्ष बन्दरगाह चलाएको थियो ।

व्यापार सहजीकरणको लागि बनाइएको यो बन्दरगाहलाई सरकारले सहजीकरणभन्दा पनि कमाउने औजार बढी बनाएपछि ठेकेदारले मनोमानी चलाएको छ । सरकारले ठेक्का रकम नै उच्च राखेपछि ठेकेदारले नियम र शर्तविपरीतका काम गरेको अवस्थामा पनि सरकारी निकायले मौन समर्थन गर्दै आएको गुनासो व्यापारीहरुको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button