अन्तराष्ट्रिय

बस दुर्घटनामा १४ जनाको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा आइतबार एक अन्तरशहर सडकमा बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

प्रान्तीय राजधानी केरमानबाट राभर काउन्टी जाने बाटोमा स्थानीय समय अनुसार साँझ ५ः१७ बजे यो घटना भएको इरनाले प्रान्तको आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीले बताए।

घाइते सबैलाई अस्पताल लगिएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको उनले भने । उनले घटनाको कारण केही घण्टामै थाहा हुने जानकारी दिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button