
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले तराई–मधेशमा माओवादी विचारधारालाई पुनः जागृत गराउने उद्देश्यसहित ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सञ्चालन गरिरहेको छ।



सोही अभियानअन्तर्गत वीरगञ्जमा ‘माओवादीसँग समुदाय संवाद’ कार्यक्रम भएको छ।



कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मधेशका स्थानीय नेताहरू, बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग माओवादी नेतृत्वले संवाद गरेको थियो।



संवाद कार्यक्रममा मधेशको समसामयिक राजनीतिक, सामाजिक र आर्थिक अवस्थाबारे छलफल गरिएको थियो। साथै, पार्टीको भावी रणनीति र मधेशमा माओवादी अभियान पुनः सशक्त बनाउन आवश्यक रणनीतिहरूबारे पनि विचारविमर्श गरिएको थियो। अध्यक्ष प्रचण्डले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
कार्यक्रममा उपस्थित नेताहरूले संघीयता, समावेशीता र समानताको मुद्दा माओवादीकै पहलमा स्थापित भएको उल्लेख गर्दै नेता रहबर अन्सारीले पार्टीलाई जनतामाझ लोकप्रिय भएको र जनताका सरोकारमा सम्बेदनशील रहेको दाबी गरे ।