खेल संसार

रियल म्याड्रिड शीर्ष स्थानमा, एम्बाप्पेको दोहोरो गोल

रियल म्याड्रिडले भिल्लारियलमाथि २-१ को पुनरागमन जित निकाल्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा रियलका लागि दुवै गोल केलिएन एम्बाप्पेले गरे।

यो जितसँगै रियल म्याड्रिडले बार्सिलोनालाई तीन अंकले पछि पार्दै अग्रता लिएको छ। बार्सिलोनाले आइतबार तेस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु मैदानमा खेलेको भिल्लारियलले हुवा फोइथको गोलमार्फत अग्रता लिएको थियो। तर, खेलको १७औँ मिनेटमा ब्राहिम डियाजको थ्रु पासमा एम्बाप्पेले बराबरी गोल गरे। त्यसपछि, २३औँ मिनेटमा दोस्रो गोल गर्दै उनले रियललाई महत्वपूर्ण जित दिलाए।

शनिबार ला लिगामा अन्य खेलहरू पनि भए। गेरोना र भ्यालेन्सियाले १-१ को बराबरी खेले, मालोर्काले इस्पानियोललाई २-१ ले हरायो, भने सेल्टा भिगोले रियल भालाडोलिडमाथि १-० को जित दर्ता गर्यो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button