No Image Headlineअन्तराष्ट्रिय

ट्रम्प-पुटिन वार्ता सकारात्मक, युक्रेन किन सशंकित ?

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन्। ट्रम्पको यो प्रतिक्रिया पुटिन र अमेरिकी दूत स्टिम विटकोभबीच भएको भेटवार्तापछि आएको हो।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले वार्ताका क्रममा डरलाग्दो र रक्तपातपूर्ण युद्धको सम्भावनाबारे चर्चा भएको खुलासा गरे। उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने पुटिन युद्ध जारी राख्न चाहेकाले वार्ताबाट टाढिन खोजेको आरोप लगाए।

बेलायती प्रधानमन्त्री केइर स्टेइमरले पनि युद्धविराम प्रक्रियामा रुसले कुनै कूटनीतिक खेल खेल्न नहुने बताए। स्टेइमरले हालै २५ भन्दा बढी देशका नेताहरूसँग भिडियो सम्मेलन गर्दै शान्ति प्रक्रियामा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

यसअघि नै अमेरिकाले अघि सारेको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको छ, तर रुसको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। पुटिनले वार्तामा सकारात्मकता देखाए पनि केही जटिलताहरू रहेको बताएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने बारम्बार पुटिनले अप्ठ्यारा शर्तहरू राख्दै वार्ताबाट पछि हट्न खोजेको आरोप लगाउँदै आएका छन्।

स्टेइमरले रुस वार्तामा गम्भीर नभएको दाबी गर्दै युद्धविराम प्रक्रियामा बेलायतसहितका देशहरू संलग्न भएर निगरानी गर्न तयार रहेको बताएका छन्। उनले पुटिनलाई वार्तामा ल्याउन ट्रम्प सफल हुनसक्ने आशा व्यक्त गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button