No Image Headlineअर्थखबर फटाफट
वीरगञ्ज उद्योग वाणिज्य संघको साधारणसभामा उद्योग र पत्रकार सम्मानित

वीरगञ्ज उद्योग वाणिज्य संघले बारा पर्सा औद्योगिक कोरिडोरबाट उत्कृष्ट निकासीकर्तालाई सम्मान गरेको छ । संघको ४९ औं वार्षिक साधारणसभाको अवसर पारेर यस्तो सम्मान गरिएको हो ।



साधारणसभा उद्घाटनको अवसरमा भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगमा डाबर नेपाल पहिलो, जगदम्बा स्टील दोस्रो र हुलास स्टील तेस्रो भएका छन् ।



त्यस्तै तेस्रो मुलुकतर्फको निकासी व्यापारमा त्रिवेणी स्पिनिङ, शिवशक्ति दाल मील र मरिअम लेदरले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर सम्मानित भएका छन् । त्यसैगरी पत्रकारितामार्फत वीरगञ्जको उद्यम व्यापार क्षेत्रमा योगदान दिएको भन्दै राष्ट्रिय समाचार समितिका वीरगञ्ज प्रमुख हिमाल लम्साललाई सम्मानित गरिएको थियो ।
े


