No Image Headlineअर्थखबर फटाफटदेश

दिगो वन व्यवस्थापनका लागि वनजन्य स्रोतलाई स्थानीय समृद्धिसँग जोड्नुपर्ने

वन संरक्षणलाई प्रभावकारी बनाउन वनजन्य स्रोतलाई स्थानीय बासिन्दाको आयस्रोतसँग जोड्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। डिभिजन वन कार्यालय पर्साले मंगलबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले वनलाई केवल सम्पदाको रूपमा सीमित नराखी स्थानीय समुदायको दैनिकी र आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गरे।

डिभिजनल वन अधिकृत मन्जुर आलमले वन तथा यसको स्रोतसाधनको संरक्षण र सदुपयोगका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए। उनले सम्बद्ध निकायहरूबीच प्रभावकारी समन्वयको खाँचो रहेको उल्लेख गर्दै वन व्यवस्थापनमा स्थानीय तहको सक्रिय सहभागिता जरुरी रहेको बताए।

‘दिगो वन व्यवस्थापन तथा सम्बर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरण’ विषयक तीन दिने तालिम समापन कार्यक्रममा स्थानीय वन समितिका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो। तालिम समापनका अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख पुरनप्रसाद कुर्मीले वन क्षेत्रको उचित व्यवस्थापन र उपयोगका लागि स्थानीय समितिका पदाधिकारीहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले वन स्रोतलाई स्थानीय समुदायले प्रत्यक्ष लाभ अनुभूति गर्ने गरी आर्थिक समृद्धिसँग जोड्न सकिएमात्रै व्यवस्थापन प्रभावकारी हुने बताए। उनले वन पैदावरको वैज्ञानिक वितरण तथा सुपथ उपभोगमार्फत संरक्षण र दिगो व्यवस्थापनलाई सहज बनाउन सकिने सुझाव दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button