No Image Headlineखबर फटाफटदेश

मधेशलाई समृद्धिमा अघि बढाउन गुणस्तरीय शिक्षामा जोड

वीरगञ्जको ममता विद्या मन्दिरले आफ्नो ११ औं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयको अतिरिक्त क्रियाकलाप र उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले मधेशमा शिक्षाको अवस्था पिछडिएकोले यसमा सरोकारका पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष खनालले कमजोर शिक्षाकै कारण मधेशको सामाजिक विकासमा सूचक पनि पछि परेको भन्दै शिक्षाको गुणस्तर सुधारेर मधेशको समृद्धिलाई सहज बनाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष शम्भु गुप्ताले विभिन्न अरोप अवरोह पार गर्दै विद्यालय आजको अवस्थासम्म आइपुगेको उल्लेख गरे । प्रबन्ध निर्देशक विश्वासप्रताप साहले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायतको प्रयास र शुभेच्छाका कारण विद्यालय अघि बढेको उल्लेख गरे ।

सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button