वीरगञ्जमा दिगो वन व्यवस्थापनसम्बन्धी ३ दिने तालीम, दिगो वन व्यवस्थापनमा सामुहिक प्रयासको खाँचो

वीरगञ्जमा दिगो वन व्यवस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी ३ दिने तालिम सञ्चालन भएको छ ।
डिभिजन वन कार्यालय, वीरगञ्जको आयोजनामा तथा सुनरस कन्सल्टेन्सी एण्ड ट्रेडर्स प्रालिको सहयोगमा आइतबारदेखि शुरु भएको सो तालिममा दिगो वन व्यवस्थापनका उपयाहरुकाबारेमा जानकारी दिइएको थियो ।
उक्त तालिममा वन व्यवस्थापनसँग सम्बन्धित अधिकारीहरू, सामुदायिक वनका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। त्रिभुवन विश्वविद्यालय, वन विज्ञान संस्थानका प्राध्यापक डा. राजेश कुमार राईलगायतले दिगो वन व्यवस्थापन र वन सम्पदाको संरक्षणका उपायबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सरकारी अधिकारीहरू तथा सामुदायिक वनका प्रतिनिधिहरूले वन संरक्षणका नीति तथा कार्यान्वयनबारे विस्तृत छलफल गरेका थिए। वक्ताहरूले वातावरणीय संरक्षण र आर्थिक फाईदालाई सन्तुलित बनाउन जिम्मेवार वन व्यवस्थापनको आवश्यकता अपरिहार्य रहेको बताए।
तालिम उद्घाटन कार्यक्रममा डिभिजनल वन अधिकृत मन्जुर आलमले नेपालका वन स्रोतसाधनहरूको संरक्षण र सदुपयोगका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा वन निर्देशक जगरनाथ प्रसाद जयसवालले वनको उद्देश्य र यसको उपयोगको अवस्थाबारेमा प्रकाश पारेका थिए ।
यो तालिमले स्थानीय तथा राष्ट्रिय वन व्यवस्थापन संरचनालाई थप सुदृढ गर्दै वन संरक्षण तथा उपयोगका सुधारिएको अभ्यासहरू कार्यान्वयन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



