No Image Headlineखेल संसार
नेपाल पत्रकार महासङ्घ-महावाणिज्यदूतावास मैत्री क्रिकेट, महावाणिज्यदूतावास ६ विकेटले विजयी

वीरगन्जमा पत्रकार र भारतीय महावाणिज्य दुतावास बिच मैत्रीपुर्ण क्रिकेट मैच सम्पन्न भएको छ ।
शनिबार वीरगन्जको ज्ञानदा एकेडेमीको क्रिकेट ग्रउन्डमा सम्पन्न भएको नेपाल पत्रकार महासंघ पर्सा र भारतीय महावाणिज्यदूतावास बीचको मैत्रीपूर्ण क्रिकेट खेलमा भारतीय महावाणिज्य दूतावास ६ विकेटले विजयी भएको छ ।
१५ ओभरको खेलमा टस जितेर पहिला व्याटिङ नेपाल पत्रकार महासंघ पर्साको टिमले गरेको थियो ।पहिलो व्याटिङको महासंघको टिम ८ ओभरमा २४ रन बनाएर अलआउट भएको थियो ।
२५ रनको लक्ष्य लिएर प्रतिउतरमा ओर्लेको भारतीय महावाणिज्य दुतावासको टिम ४बिकेटको क्षतिमा मैच जितेको थियो ।
मैत्रीपुर्ण भएको यो खेलको म्यान अफ द म्याच नेपाल पत्रकार महासंघका खेलाडी सद्दाम हुसैन भएका थिए ।



