No Image Headlineअर्थखबर फटाफट

आँखा र नाकको औषधि बजारमा ल्याउने म्याग्नस फर्मास्युटिकल्सको तयारी

वीरगन्ज-पथलैया औद्योगिक करिडोरस्थित म्याग्नस फर्मास्युटिकल्सले आँखामा लगाउने आईड्रप र नाकमा प्रयोग हुने नजल ड्रप उत्पादनको तयारी थालेको छ। उद्योगले आफ्नो उत्पादन क्षमता विस्तार गर्दै निकट भविष्यमा यी औषधि बजारमा ल्याउने जनाएको छ।

मंगलबार उद्योगको स्थलगत भ्रमणपछि वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालकहरूले उत्पादनको तयारीबारे जानकारी गराएका थिए। भ्रमणका क्रममा काठमाडौं र वीरगन्जका पत्रकारहरूलाई उद्योगको अवस्थाबारे अवलोकन गराइएको थियो।

हालसम्म विभिन्न रोगका २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गरिसकेको कम्पनीले अत्याधुनिक प्लान्ट स्थापना गरी आईड्रप र नजल ड्रप उत्पादनको परीक्षणकाल सञ्चालन गरिरहेको जनाएको छ। चाँडै नै यी उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य रहेको म्याग्नस फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक सुधीरप्रकाश मास्केले जानकारी दिएका छन्।

उद्योग अवलोकनका क्रममा कम्पनीले कच्चा पदार्थको छनोट, उत्पादन प्रक्रिया, स्वास्थ्य सुरक्षाका मापदण्ड, भण्डारण, प्रशोधन, अनुसन्धान, परीक्षण तथा बजार व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी दिएको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button