No Image Headlineअर्थ
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटायो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमका अनुसार आज रातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ मूल्य समायोजन गर्ने निर्णय गरेको हो। निगमका अनुसार भारतबाट आयात हुने नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेलको लागत प्रतिलिटर ०.९ रुपैयाँले घटेकाले उपभोक्ताका लागि प्रतिलिटर १ रुपैयाँ सस्तो बनाइएको हो।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।



